समाज


यी हुन् उपत्यकामा सशुल्क कोरोना परीक्षण हुने ८ निजी प्रयोगशाला

यी हुन् उपत्यकामा सशुल्क कोरोना परीक्षण हुने ८ निजी प्रयोगशाला

यज्ञराज जोशी
साउन ३२, २०७७ आइतबार ११:५३,

कोरोनाभाइरसको संक्रमण बढेसँगै सरकारले यही महिनादेखि निजी स्वामित्वका प्रयोगशालालाई पनि परीक्षणको अनुमति दिएको थियो।

सुरुमा तीन सरकारी अस्पतालका प्रयोगशालाहरुमा ५५ सय रकम तिरेर परीक्षणको अनुमति दिइएको थियो। अहिले भने परीक्षणको अनुमति मागेका र मापदण्ड पुगेका निजी प्रयोगशालालाई पनि परीक्षणको अनुमति दिइएको छ।

सुरुमा यात्रामा जाने, शल्यक्रिया लगायत उपचार गर्नुपर्ने तथा कूटनीतिक नियोगका कर्मचारीले वीर, शिक्षण र पाटन अस्पतालमा शुल्क तिरेर परीक्षण गर्नसक्ने व्यवस्था मिलाइएको थियो। जुन अहिले पनि कायमै छ।

त्यसबाहेक निजी प्रयोगशालामा सशुल्क स्वेच्छाले परीक्षण गर्न पनि सकिन्छ।

निजी प्रयोगशालालाई कोभिड–१९ को परीक्षण गर्न अनुमति दिनेसम्बन्धी निर्देशिकामा न्यूनतम दैनिक २ सय परीक्षण गर्न सक्ने क्षमता हुनुपर्ने, न्यूनतम बायोसेफ्टी लेभल २ प्रयोगशालाको मापदण्ड पूरा गरेको हुनुपर्ने, पीसीआरका लागि ३ वटा छुट्टाछुट्टै कोठा हुनुपर्ने, २४ सै घण्टा ल्याब सञ्चालनका लागि विद्युत ब्याकअप र सुरक्षा प्रबन्ध हुनुपर्ने लगायतका मापदण्ड तोकिएका छन्।

वीर, शिक्षण र पाटनबाहेक उपत्यकाका अन्य ८ निजी प्रयोगशालामा शनिबारसम्म १७ हजार जनाले शुल्क तिरेर परीक्षण गरिसकेका छन्। आठ प्रयोगशालामा परीक्षण गर्दा शनिबारमात्रै ४६ जनामा कोरोना पुष्टि भएको थियो।

स्टार हस्पिटल, सानेपा
हालसम्म गरिएको परीक्षणः ६९८०
स्वाब संकलन तथा परीक्षण हुने समयः बिहान साढे ६ देखि बेलुका ९ः३० बजेसम्म
दैनिक परीक्षण क्षमताः १ हजार। हाल दैनिक ४–५ सयको परीक्षण भइरहेको
रिपोर्ट आउन लाग्ने समयः ६ देखि १२ घण्टा
आइसोलेसन बेड संख्या: ५ वटा
घर तथा अफिसमा स्वाब संकलन सेवाः अस्पतालसम्म पुग्न नसक्ने बिरामीका लागि मात्र
सम्पर्क नम्बरः ०१–५५५०१९७, ९८०८२०७१८५

विध ल्याब, कुपन्डोल, ललितपुर
हालसम्मको परीक्षणः २७५५
स्वाब संकलन तथा परीक्षण हुने समयः बिहान ८ देखि बेलुका ५ बजेसम्म
दैनिक परीक्षण क्षमताः ४२००, हाल दैनिक १ हजारको परीक्षण।
रिपोर्ट आउन लाग्ने समयः ४–५ घण्टाभित्र।
परीक्षण शुल्क: ४ हजार
घर तथा अफिसमा स्वाब संकलन सुविधाः छ
सम्पर्क नम्बरः ०१–५२६०१४९, ९८२३०८३४४४२

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, भक्तपुर
हालसम्म गरिएको परीक्षणः ४४७४
स्वाब संकलन र परीक्षण समयः बिहान ९ देखि १२ बजेसम्म
दैनिक परीक्षण क्षमताः २ सय। हाल दैनिक १२५ जनाको परीक्षण भइरहेको
रिपोर्ट आउन लाग्ने समयः २४ घण्टा
परीक्षण शुल्कः ५५००
आइसोलेसन बेडः १० वटा
उपचाररत बिरामीः ४ जना
घर तथा अफिसमा आएर स्वाब संकलनः हुँदैन
सम्पर्क नम्बरः ०१–६६३३४४२

सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी एन्ड रिसर्च सेन्टर, कमलपोखरी
हालसम्म परीक्षणः ६७१
स्वाब संकलन र परीक्षण हुने समयः बिहान ७ देखि बेलुका ७ बजेसम्म
दैनिक परीक्षणणः एक हजार। हाल भइरहेकोः २०० देखि ३००
रिपोर्ट आउन लाग्ने समयः २४ घण्टाभित्र
परीक्षण शुल्कः ५५००
आइसोलेसन बेडः छैन
घर तथा अफिसमा स्वाब संकलनः हुँदैन
सम्पर्क नम्बरः ०१– ४४१७१७७

सुरिया हेल्थ केयर प्रा.लि, लाजिम्पाट
हालसम्मको परीक्षणः २०२
स्वाब संकलन तथा परीक्षण समयः बिहान ७ देखि बेलुका ८ बजेसम्म
दैनिक परीक्षण क्षमताः २ सय
रिपोर्ट आउन लाग्ने समयः ५ देखि ६ घण्टा।
परीक्षण शुल्कः ५५००
आइसोलेसन सेन्टरः छैन
घर तथा अफिसमा स्वाव परीक्षण सेवाः छैन
सम्पर्क नम्बरः ०१–४००१७१४

केएमसी अस्पताल, सिनामंगल
हालसम्म परीक्षणः ३७२
स्वाब संकलनः बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म
दैनिक परीक्षण क्षमताः २००
रिपोर्ट आउन लाग्ने समयः २४ घण्टा
शुल्क: ५५००
आइसोलेसन बेड संख्याः १००
उपचाररत बिरामी: ४९
घर तथा अफिसमा स्वाब परीक्षणः छैन
सम्पर्क नम्बरः ०१–४४६९०६२

ह्याम्स अस्पताल, धुम्बाराही
हालसम्म परीक्षणः १२९०
स्वाब संकलन समयः बिहान ७ देखि बेलुका ७ बजेसम्म
दैनिक क्षमताः २८८
रिपोर्ट आउन लाग्ने समयः १२ घण्टा
शुल्कः ५५००
आइसोलेसन बेडः छ
घर तथा अफिसमा गई स्वाव परीक्षणः १० वटाभन्दा बढी भए
सम्पर्क नम्बरः ०१–४३७७४०४

बी एन्ड बी अस्पताल, ललितपुर
हालसम्म परीक्षणः २६६
स्वाब संकलन समयः बिहान ७ देखि बेलुका ७ बजेसम्म
रिपोर्ट आउन लाग्ने समयः औसत ६ घण्टा
शुल्कः ५५००
आइसोलेसन बेडः छ
सम्पर्क नम्बरः ०१–५५३१९३३, ९८०१९१०९४१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .