समाज


काठमाडौंमा बिहान सवा नौ बजेसम्म पसल खुल्न पाउने, प्रशासनले जारी गर्‍यो नयाँ सूचना

काठमाडौंमा बिहान सवा नौ बजेसम्म पसल खुल्न पाउने, प्रशासनले जारी गर्‍यो नयाँ सूचना

नेपालखबर
भदौ ७, २०७७ आइतबार १३:३६,

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहान सवा नौ बजेसम्म पसल खुल्न पाउने लगायतका नियमसहितकाे नयाँ सूचना जारी गरेकाे छ।

साे सूचनाअनुसार जिल्लाभर अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुल्ला राख्न सकिने बताएको छ।

‘अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछा, मासु आदि बिक्री वितरण गर्ने पसलहरु बिहान सवा नौ बजेसम्म खोल्न सकिने,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी सूचनामा भनिएको छ।

जिल्ला प्रशासनले माथि उल्लेखित व्यापार, व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक, भौतिक दूरी कायम राख्ने, मास्क र स्यानिटाइजर प्रयोग गर्ने लगायतका सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्ने गराउने व्यवस्था मिलाउन समेत भनेको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेकाे सूचना:

notice.png

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad