समाज


कोरोनाको उपचारका लागि गरिएको अस्पतालहरुको वर्गीकरण खारेज

कोरोनाको उपचारका लागि गरिएको अस्पतालहरुको वर्गीकरण खारेज

नेपालखबर
भदौ ८, २०७७ सोमबार १०:५१,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना (कोभिड १९) का संक्रमितको उपचारका लागि तय गरेको तीन तहको वर्गीकरण खारेज गरेको छ।

 आइतबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमान्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले अस्पताललाई लेभल वान, टु र थ्रि गरी गरिएको वर्गीकरण खारेज गर्ने निर्णय गरेको हो।

मन्त्रालयले तीन तहको वर्गाीकरणलाई खारेज गर्दै ‘कोभिड अस्पताल’मा परिवर्तन गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

उनले लेवल खारेज गरे पनि यसअघि प्रदान गरेको सेवा नै प्रदान गर्नुपर्ने गरी निर्धारण गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad