समाज


दक्षिण कोरियामा फेरि बढ्न थाले कोरोना संक्रमित

दक्षिण कोरियामा फेरि बढ्न थाले कोरोना संक्रमित

नेपालखबर
भदौ ११, २०७७ बिहिबार १२:२६,

 दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ।

यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ। यसैबीच बिहीबार प्राप्त समाचरमा यहाँ कोरोनाका थप ४४१ जना भेटिएको बताइएको छ। यो केही महिना यतादेखिकै सबैभन्दा बढी संख्या भएको बताइएको छ।

यहाँको स्वस्थ्य मन्त्रालयले यो संख्या गएको मार्च ७ तारिख पछि एकै दिन देखिएको यो सबैभन्दा बढी संख्या भएको बताएको छ।

यहाँ बिहीबारसम्ममा संक्रमितहरुको संख्या १६ हजार नाघेको बताइएको छ। प्राप्त समाचारमा यो संख्या १८ हजार ६ सय जना पुगेको बताइएको छ। यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तिमा पनि १ सय जनाभन्दा बढीको संक्रमित थपिएका छन्।

उनीहरुमध्ये अधिकांश समुदायमै भेटिएका हुन् भने थोरै मात्र विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ।

बिहीबारसम्म कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या ३१३ पुगेको पनि बताइएको छ। यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरु भएको बताइएको छ। तर, पछिल्लो समयमा विदेशबाट आएका र समुदायमा भेटिएका व्यक्ति बढी पाइएको छ। रासस÷एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad