समाज


२४ घण्टामै प्रदेश २ मा कोरोनाबाट ८ जनाको मृत्यु

२४ घण्टामै प्रदेश २ मा कोरोनाबाट ८ जनाको मृत्यु

शैलेन्द्र महतो
भदौ ११, २०७७ बिहिबार १३:६,

 प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।

बारामा १ गर्भवती महिलासहित ५ जना, पर्सामा २ जना र धनुषामा १ जना गरी ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए।

उनका अनुसार बाराको सुवर्ण गाउँपालिका ४ हर्दियाकी २३ वर्षीय गर्भवती महिला र बारा जिल्लाकै विभिन्न स्थानका ४२, ५९, ७० र ७५ वर्षीय चारजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

यस्तै पर्सा सुपौलीका ६६ वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका १४ बहुअरीका ६२ वर्षीय पुरुषको मृत्यु भएको छ छ। त्यस्तै धनुषाका मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ का ४५ वर्षीय पुरुषको समेत कोरोना संक्रमणबाटै मृत्यु भएको अधिकृत झाले पुष्टि गरेका छन्।

यससँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ। जसमा ११ जना महिला छन्।

यस्तै प्रदेश २ मा पछिल्लो २४ घण्टामा १२४ जना कोरोना संक्रमित थपिएका छन्। धनुषामा ३७ जना, महोत्तरीमा १, सिरहामा ४, बारामा १०, पर्सामा २६, सर्लाहीमा ३, रौतहटमा ६ जना र सप्तरीमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ सामाजिक विकास मन्त्रालयले जनाएको छ। नयाँ संक्रमित भेटिनेमा १८ जना महिला छन्।

पछिल्लो २४ घण्टामा यस प्रदेशबाट ९ जना महिलासहित ५७ जना विभिन्न अस्पतालबाट कोरोना जितेर घर फर्केको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad