समाज


गुठी संस्थान र खलःपुचले निर्णय नगर्दासम्म रातो मछिन्द्रनाथको रथ नतानिने

गुठी संस्थान र खलःपुचले निर्णय नगर्दासम्म रातो मछिन्द्रनाथको रथ नतानिने

नेपालखबर
भदौ १८, २०७७ बिहिबार १४:१७,

रातो मछिन्द्रनाथको रथ गुठि संस्थान र १९ जातीय खलःपुचले निर्णय नगर्दासम्म नतानिने भएको छ।

बिहीबार दिउँसो रथ तान्ने विषमा स्थानीय केही युवा र प्रहरीबीच झडप भएपछि संस्थान र खलःपुचले बैठक आह्वान गरेको हो।

स्थानीय युवाहरुले निषेधाज्ञा तोडेर रथ तान्न खोज्दा प्रहरीसँग झडप भएको थियो। कोरोना संक्रमणका कारण लामो समयदेखि रोकिएको रथजात्रा सुरु नभएपछि केन्द्रीय गुठि संस्थान र ललितपुर महानगरभित्रका नेवार समुदायका १९ जातीय खलःपुचको बैठक बसेको थियो।

ज्यापु समाजका युवा तथा श्रम विभाग प्रमुख किरण डंगोलले गुठि संस्थान र ललितपुर महानगरभित्रका १९ जातीय खलःपुचको बैठक बसिरहेको र तीनको निर्णय अनुसार नै रथ जात्रा तानिने बताए। रथ तान्ने जात्रा देशभरका सबै नेवार जातिको भएकाले यसलाई कुनैपनि व्यक्ति र समूहप्रति लक्षित गरेर विवाद गर्न नहुने उनले बताए।

कोभिड १९ संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको रथ तान्नका लागि बिहीबार भेला भएका युवाहरुलाई प्रहरीले हटाउन खोज्दा झडप भएको थियो। जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोड्दै केही संख्यामा स्थानीय युवाहरु रथ बिराजमान गराइएको स्थान पुल्चोकमा भेला भएका थिए। युवाहरुले रथ बिराजमान गराइएको ठाउँबाट रथ तानेर सडकको बिचमा पु-याएको देखिन्छ।

सोही रथ तान्न पुगेका भिडलाई हट्न प्रहरीले गरेको आग्रह युवाहरुले प्रतिकार गरेका थिए। जसका कारण प्रहरी र युवाहरुबिच झडप नै हुन पुग्यो। युवाहरुले नाराबाजी गर्दै प्रहरीलाई ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहोरसँगै केही सेल अश्रुग्यास प्रहार गरेको थियो। झडपमा परी केही व्यक्ति घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad