समाज


नियमित बजार अनुगमन गरिएको विभागको दाबी

नियमित बजार अनुगमन गरिएको विभागको दाबी

नेपालखबर
भदौ २३, २०७७ मंगलबार १०:३१,

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निषेधाज्ञाको समयमा पनि नियमित अनुगमन गरिरहेको बताएको छ।

विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले निषेधाज्ञाको अवस्थामा अनुगमनमा जान असहज परिस्थिति भएपनि जनगुनासोलाई सम्बोधन गर्न नियमित रुपमा बजार अनुगमन गरिएको बताए। उनले कुनैपनि उपभोक्तालाई खाद्य वस्तुको स्वच्छता र गुणस्तरको बारेमा शंका लागेको खण्डमा फोनबाटै उजुरी दिएमात्रै पनि तत्काल अनुगमनमा जाने व्यवस्था मिलाइएको बताए।

कोभिडको अवस्थामा पसल, व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा समेत मापदण्ड तयार गरी सोही अनुसार अनुगमनलाई निरन्तरता दिइएको पनि प्रवक्ता महर्जनले बताए। निषेधाज्ञाको अवस्थामा आवागमनमा असहज हुँदा विभागमा ५० प्रतिशत कर्मचारी आउने गरेका छन्। तरपनि विभागले नियमति अनुगमनको कार्यलाई नरोकेको महर्जनले स्पस्ट पारे।

विभागले लकडाउन सुरु भएयता खाद्य पदार्थको गुणस्तर सम्बन्धी गुनासोबाट खाद्य पसल, गोदाम, खाद्य उद्योगहरु तथा तरकारी फलफूल बजारको ११० पटक ३ सय भन्दा बढी खाद्य व्यवसायहरुमा निरीक्षण अनुगमन गरेको छ। यसबाहेक कोभिड महामारीको अवस्थामा अपनाउनुपर्ने सावधानीबारे जानकारी तथा सचेतना समेत गराउँदै आएको छ।

विभागले कोभिड महामारीको अवस्थामा आकस्मिक निरीक्षण एवं जनगुनासो सम्बोधन तथा प्रयोगशाला जाँच विश्लेषणका लागि ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन गरी निरीक्षण अनुगमन तथा प्रयोगशाला विश्लेषण गर्दै आएको प्रवक्ता महर्जनले बताए। लकडाउन र निषेधाज्ञाका कारण कार्यालयमा कम कर्मचारी उपस्थित हुने भएकाले उपभोक्ताको उजुरीका आधारमा अनुगमन गरिएको र कुनैपनि व्यवसायीले उपभोक्ताको स्वास्थ्य माथि खेलवाड नगरोस् भन्ने उद्देश्य सहित अनुगमनलाई नियमित पारिएको उनको भनाई छ।

उपभोक्ताले शंका लागेको खण्डमा विभागको वेबसाइटमा उपलब्ध फोन नम्बर मार्फत जुनसुकै समयमा पनि उजुरी गर्न सकिने प्रवक्ता महर्जनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad