गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा ४९ जना संक्रमित थपिएका हुन्।
थपिएका संक्रमितमा कास्कीका १९, स्याङ्जाका १२, पर्वतका १, बागलुङका ९, तनहुँका ३ र नवलपरासी (सुस्तापूर्व)का ५ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।
थपिएका संक्रमितमा पोखरा महानगरपालिका–१५ का २३ वर्षीया महिला र वडा नं. ३२ का ५० वर्षीय पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्वास्थ्यकर्म रहेको र पर्वतका २८ वर्षीय पुरुष कुश्मा, पर्बतमा नेपाल प्रहरीमा कार्यरत रहेको शर्माले जानकारी दिए। त्यस्तै ्र बाग्लुङको जैमिनीका ५१ वर्षीय महिला पोखराको फेवासिटी अस्पतालमा उपचाररत रहेकी छन्।
योसँर्ग गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ७२८ पुगेको छ।

प्रतिक्रिया