कला


सुशान्तकी पूर्वप्रेमिका अंकिताको रियालाई प्रश्न : आफैँले माया गर्ने मान्छेलाई कसरी ड्रग्स दिन सकेको?

सुशान्तकी पूर्वप्रेमिका अंकिताको रियालाई प्रश्न : आफैँले माया गर्ने मान्छेलाई कसरी ड्रग्स दिन सकेको?

नेपालखबर
भदौ २५, २०७७ बिहिबार ६:७,

सुशान्त सिंह राजपूतकी पूर्वप्रेमिका अंकिता लोखन्डे निरन्तर सुशांतको  परिवारका साथमा उभिएकी छिन्। उनले परिवारका हरेक दावीलाई समर्थन गर्दै सुशान्तलाई न्याय दिलाउने पक्षमा आफूू रहेका बताउँदै आएकी छन्।

 सुशान्त आत्महत्या प्रकरणपछि अंकितामाथि पनि धेरै प्रश्नहरू उठेका थिए। उनीमाथि थुप्रै विषयमा औंला पनि उठाइएको थियो। यस विषयमा उनले आफैँ अगाडि आएर स्पष्टीकरण दिएकी छन्।

अंकिताले सुशांतको आत्महत्या प्रकरणका बारेमा सामाजिक सञ्जालमा एक पोस्ट गर्दै  रिया चक्रवर्तीलाई पनि निशाना बनाएका छन्। ‘मैले सुशान्तको हत्या भएको र यसमा कुनै एक व्यक्ति जम्मेवार भएको भनेर  भनेकी छैन। मैले सधैँ सुशान्तको पक्षमा न्याय खोजेको छु र सधैं उसको परिवारसँगै उभिएकी छु। हामी त यो चाहन्छौँ कि अनुसन्धान अधिकारीहरुले सत्य बाहिर ल्याउन्’, उनले लेखेकी छन्।

उनले आफूमाथि थुप्रै आरोप लगाइएको भए पनि त्यसबारे कुनै प्रतिक्रिया नदिएको प्रस्ट परेकी छन्।

उनले सुशान्त प्रकरणमा आफू सक्रिय हुनुको कारण अभिनेताको मानसिक स्वास्थ्यको बारेमा जानकारी दिन चाहनु भएको बताएकी छन्। उनी २०१६ सम्म सुशान्तसँगै थिइन्, त्यसैले उनी आफ्नो साथ बिताएको आफ्नो क्षणहरू बाँड्न चाहन्थिन्।

रियाले धेरैपटक सार्वजनिक रुपमा सुशान्त डिप्रेसनमा रहेको कुरा गरेकोमा अंकिताको आपत्ति छ। उनका अनुसार यदि कोही व्यक्ति डिप्रेसनमा छ भने उसलाई ड्रग्स कहिले पनि दिइँदैन। यसो गर्दा उसले उस्तै कदम चाल्छ जस्तो कदम सुशान्तले चालेका छन्।

 अंकिता रियाको बारेमा भन्छिन्, ‘एकातिर उनले डाक्टरहरुलाई सुशान्तलाई निको पार्न भनेकी थिइन्, अर्कोतर्फ उनी ड्रग्सको व्यवस्था गरिरहेकी थिइन्। जसले कसैलाई यति धेरै प्रेम गर्दछ, किन उसैले त्यो प्रेम गरेको व्यक्ति ड्रग्स दिन्छ, जबकी उसको स्वास्थ्य पहिले नै राम्रो छैन।’

अंकिताले रियालाई सत्य लुकाएको आरोप लगाएकी छन्। उनको अनुसार रियाको व्यवहार गैरजिम्मेवारपूर्ण रहेको छ। उनी भन्छिन्, ‘रियाले बारम्बार भनिन् कि परिवारलाई सुशान्तको उपचारको बारेमा जानकारी थियो। तर, के उनले परिवारलाई सुशान्तले लागुपदार्थ सेवन गरिरहेको कुरा बताएकी छन् त? उनले बताइनन् किनभने उनी पनि लागुऔषध लिएर आनन्द लिइरहेकी थिइन्। ’

अंकिताले रियाको पक्राउ उनको कामको परिणाम भएको प्रतिक्रिया दिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad