संयुक्त राष्ट्र संघीय मिसनमा सोमबार लिविया जान लागेका सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाली सेनाका केही जवानहरुमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार हुने भनिएको फ्लाइट स्थगित गरिएको सैनिक मुख्यालयले जनाएको छ। मिशनमा तैनाथ फौजलाई बदलि गर्न अर्को टोली लिविया प्रस्थान गर्न लागेको थियो।
काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम सकेर क्वारेन्टिनमा रहेका फौजको कोरोना परीक्षण गरिएको थियो। उडानपूर्व गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो।
संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेका अन्यको पनि परीक्षण गरिने र त्यसपछि मात्रै लिविया उडानको मिति तय हुने जंगि अड्डाले जनाएको छ।

प्रतिक्रिया