विश्व प्रसिद्ध जानकी मन्दिरको जग्गा अतिक्रमण गरी खडा गरिएको पर्खाल स्थानीय युवाहरुले भत्काएका छन्।
एसियाली विकास बैंकको सहयोगमा जनकपुरमा सञ्चालित एकीकृत शहरी विकास परियोजना (एडीबी) अन्तर्गत भएको विकासका क्रममा सडक विस्तार गर्दा केही निजी घर बचाउन मन्दिरको फूलबारीको जग्गा अतिक्रमण भएको थियो।
तर स्थानीयले मन्दिरको जग्ग अतिक्रमण भएको विरोधमा निरन्तर संघर्ष गर्दै आएका थिए। सोही क्रममा आइतबार साँझ सो पर्खाल जेसीबी लगाएर भत्काइएको छ। जनकपुरधाम उपाहानगरपालिका ३ का वडाध्यक्ष दीपेन्द्र साहको नेतृत्वमा युवाहरुले फूलबारीको जग्गा अतिक्रमण गरी खडा गरेको पर्खाल भत्काएका हुन्।
वडा नम्बर ४ का वडा अध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह, नागरिक समाजका अगुवा मुरली मनोहर मिश्र, युवाहरु शशील कर्ण, राकेश विक्रम साह लगायतका दर्जनौँको उपस्थितिमा पर्खाल भत्काएर अतिक्रमण मुक्त गरिएको हो।
विश्वका हिन्दु धर्माबलम्बीहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिर जस्ता सम्पदाको जग्गा अतिक्रण मुक्त गराउन पर्खाल भत्काएको वडाध्यक्ष साहले बताए।
Shares

प्रतिक्रिया