बेलायतमा यो खोप परीक्षण गरिएका एक व्यक्तिमा गम्भीर असर देखिएको खबरसँगै अमेरिकामा तत्कालका लागि यो खोपको परीक्षण रोकिएको रोयटर्सले जनाएको हो।
अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले यस विषयमा अनुसन्धान गरेपछि मात्र खोप परीक्षण सुरु हुने बताइएको छ।
गतहप्ता मात्र एक स्वयंसेवकमा गम्भीर असर गरेको देखिएपछि बेलायतमा पनि यस खोप परीक्षणको प्रक्रिया रोकिएको थियो।
तर शनिबारबाट भने बेलायतमा खोप परीक्षण पुनः सुचारु भएको बताइएको छ।
हालै अमेरिकामा गर्ने भनिएको यस परीक्षण आगामी हप्ताको बिच सम्मका लागि होल्ड गरिएको छ।
तर एफडीएले आफ्नो अनुसन्धान कहिलेसम्म सक्छ भन्ने बताएको छैन।

प्रतिक्रिया