कारोबार


लकडाउनमा पनि गति लिँदै द्रुतमार्ग, सेनाले सार्वजनिक गर्‍याे प्रगति विवरण

लकडाउनमा पनि गति लिँदै द्रुतमार्ग, सेनाले सार्वजनिक गर्‍याे प्रगति विवरण

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार १२:९,

नेपाली सेनाले काठमाडौं–तराई जोड्ने द्रुतमार्गको प्रगति सार्वजनिक गरेको छ। राष्ट्रिय गौरवको आयोजनाले लकडाउनकै बीचपनि गति लिइरहेको सेनाको दाबी छ।

आयोजनालाई पूर्ण पारदर्शी, नियमसंगत र गुणस्तरीय रुपमा समय सीमाभित्रै सम्पन्न गर्ने गरी कामलाई तिव्रता दिएको भन्दै सेनाले भदौ ३० गते सम्मको प्रगति विवरण सार्वजनिक गरेको हो।

अन्तर्राष्ट्रिय परामर्शदाताले नेपाल आएर स्थानीय विज्ञहरुसहित फिल्ड सर्भेको काम सुरु गरिसकेका छन्। दक्षिण कोरियाबाट प्रमुख संयोजकसहित दुई जनाले नेपाल आएर काम थालेका छन्। तर कोरोना महामारिका कारण काममा बाधा परेको सेनाले जनाएको छ।

सुरुङ निर्माण सम्बन्धी भुगर्भिय सर्भे गरेर रिपोर्ट तयार गर्ने काम भइरहेको छ। भूगर्भिय प्राविधिक अनुसन्धान अन्तरगत महादेवटार, धेद्रे र लेनडांडामा आवश्यक बोर होल्स ड्रिलिङ गर्ने काम भइरहेको र ड्रिलिङ सकिएका नमुनाको परीक्षण सुरु भएको छ।

त्यहाँसम्म पुग्नका लागि सडक र बेलिब्रिजको काम पनि अगाडि बढेको छ। सुरुङमार्ग निर्माण कार्यको लागि सक्षम अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट गर्न पूर्व योग्यता आह्वान गरिएकोमा मंगलबार प्रि विड मिटिङ गरेको छ। असोज १४ गते विड सवमिसनको मिति तय भएको छ।

सुरुङमार्ग र पूल निर्माण गर्दा वातावरणमा पर्ने असरको पूर्व मुल्यांकन भइरहेको छ। ढुंगो माटोको कटिङ र फिलिङको चार किलो मिटर कामका लागि प्रतिस्पर्धाबाट १२ वटा प्याकेजमा काम गरिरहेको छ।

सडक निर्माणको क्रममा ११५० वटा रुख छपान र कटान गर्नु पर्नेमा वर्षाका कारण रोकिएको र वर्षा रोकिनासाथ काम गर्ने सेनाको तयारी छ। हालसम्म १ लाख ७ हजार ११८ वटा वृक्षा रोपण गरिएको छ।

खोकनामा जग्गाको विवाद मिलाउन पनि पहल भइरहेको र मकवानपुरको ९९ रोपनी जग्गाको पुर्जा तयार भएको र मुआब्जा वितरणको प्रक्रिया अगाडि बढेको सेनाले जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad