पाेखराका विभिन्न स्थानमा प्रलाेभनमा पारेर धर्म परिवर्तन गराउँदै हिँड्ने तीन जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेकाे छ।
उनीहरुकाे साथबाट बाईबल तथा क्रिश्चियन धर्मसँग सम्बन्धित प्रचार सामाग्रीहरु प्रहरीले बरामद गरेकाे छ।
पक्राउ पर्नेहरुमा पासपोर्ट नं. टी के ५१५३२४१ का जापान नागरिक ३७ वर्षीय जिराे सेकिया र जापानकै पासपोर्ट नं. टी के ५१५३२४२ का रेइकाे सेकियालाई पोखरा -७ रत्नचोकबाट पक्राउ गरिएकाे हाे।
यस्तै पासपोर्ट नं. एम ३७४३६२०५ भएका कोरियन नागरिक ७३ वर्षीय चाे युसांगलाई पोखरा -६ बाराहिचोकबाट नियन्त्रणमा लिइएकाे हाे।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ।

प्रतिक्रिया