बालयौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी)ले मंगलबार अष्ट्रेलियालीलाई पक्राउ गरेको छ।
विभिन्न मुलुकका विदेशी नागरिकले नेपाली बालकहरुलाई प्रलोभनमा पारेर बालयौन दुराचार गर्दै छ भन्ने सूचनाका आधारमा कास्की प्रहरीको सहयोगमा खटिएको सिआइवीको टोलीले पोखराको डिहीबाट उनलाई पक्राउ गरिएको प्रवक्ता दीपक रेग्मीले जानकारी दिए।
पक्राउ पर्नेमा ६३ वर्षीय बेरिम्यान थोमस अल्फ्रेड रहेका छन्। उनले कोठा भाडामा लिएर बालयौन दुराचार गरेको अनुसन्धानमा खुलेको र सोही कोठाबाट आज पनि दुई बालकको उद्धार गरिएको सिआइवीले जनाएको छ।
उनलाई बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन (जबरजस्ती करणी) कसुरअन्तर्गतको मुद्दामा आजै कास्की जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको सिआइवीले आज एक सूचना जारी गरी जनाएको छ। रासस

प्रतिक्रिया