राजनीति


प्रधानन्यायाधीश जबरा र रुसी सर्वोच्च अदालतका अध्यक्षबीच भेटवार्ता

प्रधानन्यायाधीश जबरा र रुसी सर्वोच्च अदालतका अध्यक्षबीच भेटवार्ता

नेपालखबर
साउन ७, २०७६ मंगलबार १५:२१,

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र रुसी महासंघको सर्वोच्च अदालतका अध्यक्ष भ्याचेस्लाभ एम लेवेदेभबीच मंगलबार भेटवार्ता भएको छ।

प्रधानन्यायाधीश राणाको मैत्रीपूर्ण निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि सोमबार अध्यक्ष लेवेदेभ नेपाल आइपुगेका थिए। उनीहरुबीच नेपाल–रुसी महासङ्घको लामो समयदेखिको सौहार्दतापूर्ण र सुमधुर सम्बन्धबारे छलफल भएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए।

भेटका क्रममा प्रधानन्यायाधीश राणाले नेपालमा न्यायपालिकाको योजनाबद्ध सुधारका रुपमा रहेको रणनीतिक योजना र यसको कार्यान्वयनमा जानकारी दिए। उनले रणनीतिक योजनामै समग्र न्यायिक सुधार र न्यायिक सुशासनको विषय प्राथमिकतामा रहेकाले यसको कार्यान्वयन नै प्राथमिकतामा रहेको बए। प्रधानन्यायाधीश राणाले दुई देशबीच भएको कूटनीतिक सम्बन्ध तथा विगतमा भएका भ्रमण र अनुभव आदानप्रदानले न्यायिक सुधारका लागि सहयोग मिलेको स्मरण गरे।

रुसी महासङ्घको सर्वोच्च अदालतका अध्यक्ष लेवेदेभले नेपालमा संविधान जारी भएर कार्यान्वयनको अवस्थामा रहेको र यसले नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले दुई देशको न्यायपालिकाको नेतृत्व तहबाट भएका भेटघाट र भ्रमणले एकअर्काको अनुभवको आदानप्रदानबाट अनुशरण गर्न सक्ने कुराहरु आफ्नो अभ्यासमा अवलम्बन गर्न सकिने उल्लेख गरे। न्यायपालिकाको रणनीतिक योजना भर्खरै मात्र सार्वजनिक भएको जानकारी पाउँदा खुशी लागेको र यसले न्यायपालिकाको प्रणालीगत सुधार गर्दै लैजान शुभकामना व्यक्त गरे।

यही साउन ९ गतेसम्म भ्रमणमा आउनुभएका अध्यक्ष लेवेदेभसहित भ्रमण दलमा तीन जना रहेका छन्। नेपाल भ्रमणका क्रममा उनीहरुले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानन्यायाधीश राणाले गत जेठमा रुसीे सर्वोच्च अदालतका भ्रमणका क्रममा उनलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad