ती पुरुषले धारिलो हतियारले पत्नीको पेट चिरिदिएपछि उनले मृत बच्चा जन्माएको अल्जाजिराले जनाएको छ।
यस घटना उत्तर प्रदेशको बदायूँ जिल्लाको भएको बताइएको छ।
हालसम्म यी दम्पतीको पाँच जना छोरी थिए। ती पुरुषले आफ्नी श्रीमतीलाई छोरा जन्माउन दबाब दिइरहन्थे।
महिलाकी माइती पक्षले पनि ती पुरुषले छोरा जन्माउन दबाब दिने गरेको बताएका छन्।
हाल पक्राउ परेका ती पुरुषले यस घटनालाई दुर्घटनाको सङ्ज्ञा दिँदै आफूले जानीजानी त्यस्तो कार्य नगरेको प्रहरीसँग बताएका छन्।
यद्यपी पारिवारिक स्रोतले प्रहरीलाई छोरा पाउने विषयलाई लिएर यी दम्पतीबीच नियमित रूपमा झगडा हुने गरेको बताएका छन्।

प्रतिक्रिया