गत वैशाखको वृद्धको हत्या गरेर भागेका एक अभियुक्त प्रहरी कार्यालयमा हाजिर भएका छन्।
सप्तरीको महादेवा गाउँपालिका १ का रविलाल यादव ५ महिनापछि प्रहरी कार्यालयमा आफैं उपस्थित भएका हुन्।
५५ वर्षीय यादवले गत वैशाख २३ गते ८० वर्षीय सुबी यादवलाई कुटपिट गरी हत्या गरेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी तिलक भारतीले बताए।
घटनालगत्तै फरार भएका यादव बुधबार प्रहरी कार्यालयमा हाजिर भएको र म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया