समाज


कोरोना संक्रमणबाट थप एक सैनिकको मृत्यु

कोरोना संक्रमणबाट थप एक सैनिकको मृत्यु

नेपालखबर
असोज १०, २०७७ शनिबार १०:२०,

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक सैनिकको मृत्यु भएको छ।

बझाङ घर भई हाल काठमाडौँमा कार्यरत एक सैनिक जवानको शुक्रबार वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको नेपाली सेनाले जनाएको छ।

यही असोज ६ गते छारे रोगको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएका उनको सधन उपचार कक्ष (आईसीयू)मा उपचारकै क्रममा मृत्यु भएको हो।

असोज ८ गते स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

योसँगै नेपाली सेनामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ।

नेपाली सेनामा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ हजार १९७ पुगेको छ भने ५३९ जना निको भइसकेका छन्। हाल सक्रिय संक्रमितको संख्या १ हजार ६५६ रहेको सेनाले जानकारी दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad