समाज


यी हुन् स्वास्थ्यलाई गम्भीर हानि गर्ने ९ सेनिटाइजर, प्रयाेग नगरौं : औषधि विभाग

यी हुन् स्वास्थ्यलाई गम्भीर हानि गर्ने ९ सेनिटाइजर, प्रयाेग नगरौं : औषधि विभाग

नेपालखबर
असोज १२, २०७७ सोमबार ३:१७,

कोरोना भाइरसको संक्रमण सुरु भएयता सेनिटाइजरको व्यापार ह्वात्तै बढेको छ।

किनकि साबुनपानी नभएको अवस्थामा सेनिटाइजर दलेर पनि हातलाई भाइरसरहित बनाउन सकिने सल्लाह चिकित्सकले दिइरहेका छन्।

यसैकारण अहिले हरेकजसो व्यक्तिले सेनिटाइजर प्रयोग गर्ने गरेका छन्। यसैको मौका छोपेर बजारमा अनेक थरीका सेनिटाइजर बिक्रीका लागि राखिएका छन्।

तर फाइदाका लागि सेनिटाइजर उत्पादक कम्पनीले जनस्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेकाे पाइएको छ।

औषधि व्यवस्था विभागका अनुसार अहिलेसम्मकाे अनुगमनले बजारमा पाइने ९ किसिमका सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर हानि गर्ने विषाक्त पदार्थ मिसाइएको पत्ता लागेको हाे।

ती सेनिटाइजरको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउने विषाक्त रसायन मिसाइएकाे पाइएको विभागले जनाएकाे छ। 

साेमबार ती ९ सेनिटाइजरको नामको सूचीसहित विभागले सूचना प्रकाशन गरी तिनको प्रयोग र बिक्री/वितरण नगर्न/नगराउन निर्देशन दिएको छ।

हेर्नुहोस्, प्रयोग गर्न नहुने ९ सेनिटाइजरको सूची :

suchanaaaaaa

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad