राजनीति


लद्दाखमा चीनविरुद्ध भारतको यस्तो भव्य सैन्य तयारी (भिडियो)

लद्दाखमा चीनविरुद्ध भारतको यस्तो भव्य सैन्य तयारी (भिडियो)

नेपालखबर
असोज १२, २०७७ सोमबार ३:५४,

भारत र चीनको सीमा लद्दाखमा दुई देशबीच केही महिनायता तनाव बढिरहेको छ। खासगरी गत जुन १५ मा गलवान उपत्यकामा दुई देशका सैनिकबीच हिंसात्मक झडपभएपछि वैमनस्यता चुलिएको हो।

त्यस झडपमा आफ्ना २० सैनिक मारिएको भारतले जानकारी गराइसकेको भए पनि चीनले आफ्नातर्फ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन।

उक्त झडपछि भारत र चीनका सैनिकबीच पटकपटक वार्ता गरी सीमामा शान्ति कायम गर्ने सहमति भएको भए पनि केही दिनयता एकअर्कालाई तर्साउन पटकपटक फायरिङ भएका छन्।

यसै क्रममा भारतले लद्दाखमा चीनविरुद्ध ठूलो सैन्य तयारी गरेको खबर भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।

दैनिक भास्करका अनुसार लद्दाखमा करिब ५ महिनादेखि जारी तनावबीच भारतले हिउँदका लागि भनेर सैन्य तयारी गरेको हो।

भारतीय सेनाले पूर्वी लद्दाखस्थित लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) नजिक सशस्त्र रेजिमेन्टको टी–९० र टी–१२ ट्यांकर तैनाथ गरेको हो। साथै बीएमपी–२ युद्धक वाहन पनि व्यवस्था गरेको छ। यी युद्धक ट्यांकर १४ हजार ५ सय फिट उचाइँमा अवस्थित चुमार–डेमचोक क्षेत्रमा तैनाथ गरिएका हुन्। जसलाई संसारकै उच्च स्थानकाे रणभूमि मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad