समाज


सम्झनाका परिवारलाई १० लाख दिने सरकारको निर्णय, आफन्तले बुझे शव

सम्झनाका परिवारलाई १० लाख दिने सरकारको निर्णय, आफन्तले बुझे शव

नेपालखबर
असोज १४, २०७७ बुधबार १६:१३,

बझाङकी १२ वर्षीया बालिका सम्झना कामीका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने सरकारले निर्णय गरेको छ। मस्टा गाउँपालिका २ खिकालाकी सम्झानाको बलात्कारपछि हत्या गरेको अवस्थामा गत साता मन्दीरमा शव फेला परेको थियो।

एक साता भइसक्दा पनि क्षतिपूर्ति र घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै आफन्तले शव बुझ्न मानेका थिएनन्। तर प्रहरीले बलात्कार तथा हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक युवकलाई मंगलबार सार्वजनिक गरेको थियो। यस्तै जिल्ला प्रशासन कार्यालय बझाङले १० लाख रुपैयाँ तत्काल आर्थिक सहायता दिने भनेपछि परिवार शव बुझ्न तयार भएका हुन्।

गृह मन्त्रालयबाट १० लाख दिने जानकारी आएको बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले बताए।

‘गृह सचिवज्यूले मंगलबार १० लाख दिने जानकारी दिनु भएको थियो, आज (बुधबार) १० लाख रुपैयाँ हाम्रो खातामा आइसकेको पनि छ तर त्यो पैसा हो कि होइन सुनिश्चित गरेर आर्थिक सहायता दिन्छौं’ सहायक प्रमुख जिल्ला अधिकारी सार्कीले नेपालखबरसँग भने।

घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँका १९ वर्षीय राजेन्द्र बोहोरालाई प्रहरीले मंगलबार सार्वजनिक गरिसकेको छ। बोहोराले यसअघि पनि १३ वर्षीया बालिकालाई बलात्कार गरेको जाहेरी परेको छ। तर गत साउनमा भएको उक्त घटना स्थानीयले मिलापत्र गराएका थिए।

सम्झनाको घटनामा उनको संलग्नता रहेको आरोप लागेसँगै उक्त घटनाका पीडितको पनि जाहेरी परेको हो।

गत बुधबार वस्तु बाँध्न घरभन्दा आधाघण्टा टाढा रहेको गोठमा गएकी सम्झना नफर्किएपछि परिवार र स्थानीयले खोजी गरेका थिए। त्यस क्रममा गोठ नजिकैको मन्दिरमा उनको शव फेला परेको थियो।

याे पनि : गाईवस्तु बाँध्न गोठ हिँडेकी सम्झना जब नग्न अवस्थामा मृत भेटिइन्... 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .