समाज


कोरोनाका कारण ज्यान गुमाएका डाक्टरको गरिएकाे थियाे प्लाज्मा थेरापी विधिबाट उपचार

कोरोनाका कारण ज्यान गुमाएका डाक्टरको गरिएकाे थियाे प्लाज्मा थेरापी विधिबाट उपचार

प्रकाश न्यौपाने
असोज १५, २०७७ बिहिबार ११:१६,

कर्णाली प्रदेश अस्पताल सुर्खेतका बरिष्ठ अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

बाँकेको खजुरा गाउँपालिका–३ निवासी ५९ वर्षीय सापकोटा स्वास्थ्य सेवाका ११औं तहका चिकित्सक थिए।

बाँकेको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको अवस्थामा उनको बिहीबार मृत्यु भएको हो।

सुर्खेतमा भदौ २९ गते पीसीआर परीक्षणबाट परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो।

उनको स्वास्थ्यमा थप समस्या आएपछि भेरी अस्पताल नेपालगञ्जमा असोज १ गते भर्ना गरिएको थियो।

उनको प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो।

सबै किसिमका उपचार विधि अपनाए पनि उनलाई बचाउन नसकिएको र बिहीबार दिउँसो भेन्टिलेटरमा उपचारकै क्रममा ३ः१० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

सापकोटाको दुबैतर्फको फोक्सोमा निमोनिया थियो। त्यस्तै, उनमा श्वासप्रश्वाससम्बन्धी समस्या, ज्वरो, रुघाखोकीसमेत भएको अस्पताल स्रोतले बताएको छ।

योसँगै बाँकेमा मृतकको संख्या १८ पुगेको छ। बाँकेमा बिहीबारमात्रै नेपालगञ्ज उपमहानगरपालिका–४ का ५२ वर्षीय पुरुष र सुर्खेत घर भएकी ७५ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको थियो।

याे पनि: 
नेपालमा पहिलोपटक कोरोना संक्रमित डाक्टरको निधन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad