समाज


चर्चित कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

चर्चित कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

नेपालखबर
असोज २०, २०७७ मंगलबार १२:२,

चर्चित कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यलाई कोरोना सक्रमण पुष्टि भएको छ।

मंगलबार साँझ कालकार आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

उनले सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गरेको बताउँदै आफूहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएका छन्।

आचार्यले आफूहरुको सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन समेत आग्रह गरेका छन्।

‘सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर टेस्ट गरेका थियौं, हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो। हाम्रो स्वास्थ्य अवस्था सामान्य छ। हामीसँग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला’, आचार्यले फेसबुकमा लेखेका छन्।

 उनले आफूहरुले छिट्टै कोरोनालाई जित्ने भन्दै सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्न आग्रह समेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad