समुद्रमा उत्पन्न हुने खतराविरुद्ध प्रयोग गर्न सकिने यस क्षेप्यास्त्रले पनडुब्बीलाई सजिलै आक्रमण गर्नसक्ने बताइएको छ। यसले ६ सय ४३ किलोमिटर टाढासम्म पुगेर मार हान्नसक्छ।
भारतको रक्षा मन्त्रालयकाअनुसार स्मार्ट प्रणालीको क्षेप्यास्त्र परीक्षणले समुद्री रक्षा क्षमतालाई बढाएको छ।
गत महिनादेखि भारतले क्षेप्यास्त्र परीक्षणलाई तिव्रता दिँदै आएको छ।

सो क्रममा भारतले सौर्य रणनीतिक क्षेप्यास्त्र जसले ७ सय किलोमिटर पुगेर मार हान्नसक्छ, यस क्षेप्यास्त्रलाई सीमा विवाद जारी रहँदा लद्दाख नजिक तैनाथ गर्ने बताइएको छ।
भारतले केही समयमै निर्भय नामको क्षेप्यास्त्र पनि परीक्षण गर्ने भारतीय अधिकारीहरु बताउँछन्। यस क्षेप्यास्त्रले ८ सय किलोमिटर टाढासम्म आक्रमण गर्नसक्छ।
भारतीय संचार माध्यमका अनुसार निर्भय नामको क्षेप्यास्त्र सीमामा तैनाथ भइसकेका छन्। अन्य क्षेप्यास्त्रहरु पनि सीमामा तैनाथ हुने क्रममा छन्। एजेन्सी


प्रतिक्रिया