सरकार तथा आमरण अनसनमा रहेका डा. गोबिन्द केसीका प्रतिनिधिहरुबीच अहिले शुक्रबार राति नौ बजेदेखि वार्ता सुरु भएको छ।
सरकारी पक्षले शिक्षा मन्त्रालयमा वार्ता गर्ने तय गरी डा. केसीका प्रतिनिधिलाई बाेलाएपछि उनीहरु सिंहदरबारस्थित मन्त्रालय पुगेका हुन्।
‘सरकारले वार्ताका लागि केसीका प्रतिनिधिहरुलाई शिक्षा मन्त्रालमा बोलाएको छ। वार्ता राति नौ बजेबाट शुरु भएकाे छ,’ डा. गोबिन्द केसी सोलिडारिटी एलाइन्सका प्रितम सुवेदीले भने।
वार्तापछि केसीको वार्ता टोलीले टिचिङ अस्पतालमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको समेत सुवेदीले जानकारी दिए।
सरकार तथा केसीका प्रतनिधिहरुबीच बिहीबार दुई चरणमा गरि ६ घण्टा वार्ता भएको थियो।
वार्तामा सहमतिको मस्यौदा तयार भएपनि दुवै पक्ष नेतृत्वसँग त्यस विषयमा कुरा गर्ने भन्दै हिडेको थियो।
त्यसमा स्वास्थ्य शिक्षा क्षेत्रका विभिन्न निकायका नेतृत्व छनोटको आधार तयार गर्ने विषयमा कुरा मिलेको थिएन।
आज डा. केसीका प्रतिनिधिले उनीसँग र सरकार तर्फका प्रतिनिधिले प्रधानमन्त्रीसँग परामर्श गरेपछि पुनः वार्ता सुरु गर्न लागिएको हो।
चिकित्सा शिक्षाको सुधारको माग गर्दै केसी २६ दिनदेखि अनसनमा रहेका छन्। यो १९औं पटकको अनसन उनले जुम्लाबाट सुरु गरेका हुन्। पछि उनी काठमाडाैं आएर निरन्तरता दिएका थिए।
याे पनि: सरकार र डा. केसीका प्रतिनिधि सहमतिनजिक, छिट्टै वार्तामा बस्ने तयारी
Shares

प्रतिक्रिया