दक्षिण कोरियाबाट शनिबार साँझ १६५ जना काठमाडौं ओर्लंदा तीमध्ये ११ जना कोरोना परीक्षण गरेको पीसीआर रिपोर्टबिना नै आइपुगेपछि त्रिभुवन विमानस्थलमा विवाद भएको छ।
तीमध्ये केही पीसीआर रिपोर्टबिनै आएको हुँदा सो जहाजका सबैलाई क्वारेन्टिनमा राख्न खोज्दा उनीहरुले विरोध गरेका छन्।
सियोलबाट आसियना एयरलाइन्समा आएका उनीहरुमध्ये ११ जनाको पीसीआर रिपोर्ट नभएपछि विमानस्थलमा रहेका अधिकारीहरुले सो जहाजमा आउने सबै १६५ जना नै क्वारेन्टिनमा बस्नुपर्ने बताएका थिए।
त्यसपछि ती ११ जनाबाहेक अरुले आफूहरु किन क्वारेन्टिनमा बस्नुपर्ने भन्दै विरोध गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षाप्रमुख एसएसपी रामकृपाल साहले बताए।
उनीहरुले नाराबाजी र विरोध प्रदर्शन समेत गरेका थिए।
अहिले कोरियामा नियमित उडान नभएका कारण उनीहरु चार्टर्ड विमानमार्फत् काठमाडौं आइपुगेका हुन्।
Shares

प्रतिक्रिया