समाज


माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने व्यक्ति पक्राउ

माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने व्यक्ति पक्राउ

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार ९:७,

तनहुँमा बैंकको एटीएम तोडफोड गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

व्यास नगरपालिका ४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा पर्साको पटेर्वा सुगौली गाउँपालिका–२, रंगपुरटाढीका १९ वर्षीय किरण बानियाँ पक्राउ परेको प्रहरीले जनाएको छ।

बानियाँले पैसा लुट्ने योजनाको साथ उक्त एटीएमको पिनहरू स्क्रुपको सहायताले खोल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले फेला पारेको थियो।

उनले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा १ सय ३५ ट्याब्लेट लागूऔषध नाईट्राभेट समेत प्रहरीले फेला परेको छ।

उनले प्रयोग गरेको ग ११ प ९९६५ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका बानियाँ माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad