समाज


यसकारण यो नवविवाहित भारतीय जोडीको अन्तरंग तस्बिर भए भाइरल

यसकारण यो नवविवाहित भारतीय जोडीको अन्तरंग तस्बिर भए भाइरल

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार ०:२७,

भारतमा एक नवविवाहित जोडीले चियाबारीमा प्रेमालाप गरिरहेका तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

भित्री लुगा नलगाएजस्तो देखिने यी तस्बिरबारे तीव्र आलोचना पनि भइरहेका छन्।

jodi1तर याे जोडीले जति आलोचना भए पनि सामाजिक सञ्जालबाट आफ्ना अन्तरंग तस्बिर नहटाउने अडान लिएका छन्।

बीबीसीसँग उनीहरूले तस्बिर हटाउनु भनेको आफूहरूप्रति दुर्भावना राख्नेहरूलाई झन् बल पुर्‍याउनु हो भनेका छन्।

jodi3

तस्बिरमा देखिने उनीहरू हुन्- भारतकाे केरला निवासी हृषी कार्थिक र लक्ष्मी।

उनीहरू सेतो सिल्कको ओढ्नेमा बेरिएर चियाबारीमा हाँस्दै, अँगालो मार्दै र आलिंगन गर्दै गरेका देखिन्छन्।

भारतको केरला निवासी हृषी टेलिकम कम्पनीमा काम गर्छन् भने लक्ष्मी इलेक्ट्रिकल र इलेक्ट्रोनिक इन्जिनियरिङमा भर्खर डिग्री सकाएर बेसकी हुन्।

jodi4

भव्य रूपमा बिहे गर्ने योजना कोरोना महामारीका कारण भताभुंग भएकाले गत सेप्टेम्बरमा सानो समारोह आयोजना गरेर गर्नुपरेको ती जोडीले बीबीसीसँग बताएका छन्।

सोही कारण आफ्नो बिहे स्मरणीय बनाउन चियाबारीमा त्यसरी तस्बिर खिचेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad