भक्तपुरमा जुवातास खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित माधव सुवालका घरबाट आइतबार उनीहरुलाई पक्राउ गरेको हो।
साथै उनीहरुका साथबाट १ लाख ९० हजार ५०० रुपैयाँ बरामद गरिएकाे प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन्।

प्रतिक्रिया