समाज


बेलायतले लिभरपुल सहरका सबै ५ लाख नागरिकको कोरोना परीक्षण गर्दै, यस्ता प्रविधि प्रयाेग गरिने

बेलायतले लिभरपुल सहरका सबै ५ लाख नागरिकको कोरोना परीक्षण गर्दै, यस्ता प्रविधि प्रयाेग गरिने

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार २३:३२,

पछिल्लो समय देशमा कोरोनाबाट संक्रमित हुने क्रम ह्वात्तै बढेपछि बेलायत सरकार लिभरपुल सहरका सबै ५ लाखभन्दा बढी नागरिककाे स्वास्थ्य परीक्षण गर्ने भएकाे छ।

एपीका अनुसार त्यसका लागि बेलायत सरकारले एक घण्टामै वा याेन्दा कम समयमा नतिजा दिने विभिन्न किसिमका प्रविधिको प्रयोग गर्ने जनाएकाे छ।

त्यहाँकाे स्वास्थ्य सेवा विभागले उन्नत प्रविधिको सहयाेगमा कोरोना संक्रमण रहे/नरहेकाे पहिचान गर्ने भएकाे हाे।

बेलायतमा सबैभन्दा बढी लिभरपुल सहरमै कोरोना संक्रमित देखिएका छन्। त्यहाँ प्रति एकलाख जनामा ४ सयभन्दा बढी संक्रमित भेटिने गरेका छन्।

लिभरपुलमा गरिने परीक्षणले व्यापक परीक्षणका विषयमा सिकाइ हुने विश्वास बेलायत सरकारले लिएकाे छ।

बेलायतमा भाेलि बिहीबारदेखि दोस्रो चरणको लकडाउन पनि हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad