समाज


सरकारी सञ्चारमाध्यमलाई प्रभावकारी बनाउन ऐनमा परिवर्तन आवश्यक : मन्त्री गुरुङ

सरकारी सञ्चारमाध्यमलाई प्रभावकारी बनाउन ऐनमा परिवर्तन आवश्यक : मन्त्री गुरुङ

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार १४:४७,

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चार माध्यमलाई नयाँ सोचका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री गुरुङले सरकारी सञ्चार माध्यमहरुमा देखिएका कमीकमजोरी पत्ता लगाई नयाँ सोचका साथ अघि बढाउन ती संचारगृहहरुको अनुगमनको कामलाई प्राथमिकताका साथ अघि बढाएको पनि स्पष्ट पारे।

बुधबार अपरान्ह गोरखापत्र संस्थानको अनुगमन गर्ने क्रममा उनले गोरखापत्र संस्थानलाई संचार केन्द्रको रुपमा स्थापित गराउने गरी कार्य योजना बनाउन संस्थानमा कार्यरत विभागीय प्रमुखहरुलाई आग्रह गरे।

‘सबैलाई सुःखी र खुसी बनाउने उद्देश्यका साथ एक सय १८ वर्ष अघि स्थापना भएको गोरखापत्र संस्थानलाई ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्प अनुसार अघि बढाउन आवश्यक छ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीहरुले नयाँ सोचका साथ काम गर्नु पर्दछ।’

मन्त्री गुरुङले गोरखापत्र संस्थान, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति, रेडियो नेपाललगायतका सरकारी संचार माध्यमलाई प्रभावकारी बनाउन आवश्यक ऐन, कानुनको निर्माण गर्न आफू लागिपर्ने उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सरोकारवाला निकायसँग आग्रह गरे।

मन्त्री गुरुङले बदलिँदो परिवेश अनुसार अघि बढाउन पनि गोरखा पत्र संस्थानका पदाधिकारीलाई आग्रह गरे। उनले कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी सन्देश प्रवाह हुने गरी प्रकाशन तथा

प्रशारणको काम गर्न विशेष ध्यान दिन पनि सरकारी संचार माध्यामलाई सचेत गराए।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले आर्थिक भार नहुने गरी कर्मचारीहरुको व्यवस्थापनमा ध्यान दिन गोरखा पत्र संस्थानका पदाधिकारीहरुलाई सुझाव दिएका थिए भने संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुमारी भण्डारीले निजी क्षेत्रको संचार गृहसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा गोरखा पत्र संस्थान पुगेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad