समाज


शुक्लाफाँटामा पाटेबाघको संख्या स्थिर

शुक्लाफाँटामा पाटेबाघको संख्या स्थिर

नेपालखबर
साउन १३, २०७६ सोमबार १४:०,

पाटेबाघको संख्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थिर रहेको पाइएको छ। निकुञ्जमा यस वर्ष वयस्क पाटे बाघको संख्या १६ रहेको छ।

गत वर्षसमेत सोही सङ्ख्यामा बाघको सङ्ख्या निकुञ्जमा रहेको थियो। सन् २०१७ मा निकुञ्जमा गणनाका क्रममा १७ वटा वयस्क पाटेबाघ फेला परेका थिए। निकुञ्जमा बाघको बासस्थानमा सुधार, घाँसे मैदान व्यवस्थापन, ताल संरक्षण र आहारा प्रजाति सन्तोषजनकरुपमा रहेकाले बाघको संख्या स्थिर रहेको निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौडेलले बताए।

‘निकुञ्ज नजिकै भारतीय दुधुवा नेशनल पार्क पर्ने भएकाले बाघले सीमा वारपार गर्ने भएकाले पनि बाघको सङ्ख्या कम देखिएको हुन सक्छ’, निकुञ्जका मुख्य संरक्षण अधिकृत पौडेलले भने, ‘यसलाई बाघको सङ्ख्या घटेको भन्न मिल्दैन। क्यामेरा ट्रयापिङमा केही बाघ नदेखिएका पनि हुन सक्छन।’

निकुञ्जमा पाटेबाघको चोरी शिकारी भएको कुनै अभिलेख छैन। प्रत्येक पाँच वर्षमा गरिने बाघ गणनामा सन् २००९ मा शुक्लाफाँटामा बाघको संख्या १० थियो। सन् २०१३ मा बढेर १७ पुगेको थियो। गएको पाँच वर्षको अवधिमा आठदेखि १२ को हाराहारीमा रहेको पाटे बाघको संख्या सन् २०१७ मा बढेर १७ पुगेको थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार संरक्षित वन्यजन्तु ९अनुसूची १० मा पाटेबाघ सूचीकृत रहेको छ। सन् १९७४ देखिमात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ संरक्षण कार्य गरिँदै आएको छ। बाघ गणनाको कार्य भने सन् १९९९ देखि निरन्तररुपमा प्रतिवर्ष हुँदै आएको छ। निकुञ्जको ३०५ वर्ग किलोमिटर क्षेत्र पाटे बाघको मुख्य बासस्थानका रुपमा रहेको छ।

सन् २०१० मा रसियाको सेन्टपिटर्स वर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो। नेपालमा पाटे बाघको संख्या भने २३५ रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad