समाज


भतिजले गरे काकाको हत्या

भतिजले गरे काकाको हत्या

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार ४:२२,

महोत्तरीको मनरासिस्वा नगरपालिका-१ मा गएराति भतिजले काकाको हत्या गरेका छन्।

मनरासिस्वा नगरपालिका-१ बस्ने ६० वर्षीय खेलावन मण्डललाई आफ्नै भजिले कुटपिट गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए।

बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई निर्घात कुटपिट गर्दा उनी गम्भीर घाइते भएका थिए।

स्थानीय स्वास्थ्यचौकीमा उपचारपश्चात घर लगिएका उनको गए राति मृत्यु भएको प्रहरी उपरीक्षक केसीले बताए। प्रहरीले कुटपिट गर्ने भतिज विनोदलाई पक्राउ गरिसकेको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad