सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोडल अस्पताल पुगेर स्थायी समिति सदस्य रघुजी पन्तको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
शनिबार अपरान्ह अस्पताल पुगेका अध्यक्ष प्रचण्डले पन्तको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको उनको सचिवालयले जनाएको छ।
पेटमा समस्या आएपछि नेता पन्त बुधबार काठमाडौंको मोडेल अस्पतालमा भर्ना भएका भएका थिए।
अहिले नेता पन्तको स्वास्थ्यमा सुधार हुँदै गएको र एक हप्ता अस्पतालमै बस्न डाक्टरले सुझाव दिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
पित्तथैलीको पत्थरीले नलीमा अवरोध भएपछि पन्तमा संक्रमण देखिएको हो। जन्डिस भएपछि उपचार गर्न बुधबार उनी मोडल अस्पताल पुगेका थिए।
Shares

प्रतिक्रिया