कोरोनाको जोखिममा रहेका मानिसहरुलाई मस्कोका स्वास्थ्य क्लिनिकहरुमा कोरोनाविरुद्धको खोप लगाउन थालिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
बेलायतले गत बुधबार मात्र अर्को हप्तादेखि कोरोनाविरुद्धको खोप कार्यक्रम संचालन गर्ने बताएको थियो।
यस्तै बहराइनले पनि अर्को हप्तादेखि नै खोप लगाउन स्वीकृति दिइरहँदा रुसले भने आफ्नो खोप ‘स्पुतनिक–भी’ मानिसमा लगाउन सुरु गरिदिएको हो।

तेस्रो चरणको परीक्षण सम्पन्न नहुँदै गत अगष्टमा रुसी खोपले देशमा आकस्मिक प्रयोगका लागि स्वीकृति पाएको थियो।
रुसी अधिकारीहरुका अनुसार स्पुतनिक–भी खोप ९५ प्रतिशत प्रभावकारी छ। यो खोपको गम्भीर असरहरु नभएको जनाइएको छ।
रुसी खोप दुईपटक लगाइने छ। हजारौं मानिसहरुले खोप लगाउनका लागि आफ्नो नाम दर्ता गर्न थालिसकेको पनि जानकारी दिइएको छ।
3
Shares

प्रतिक्रिया