समाज


सगरमाथाको नयाँ उचाइ भोली सार्वजनिक हुने

सगरमाथाको नयाँ उचाइ भोली सार्वजनिक हुने

नेपालखबर
मंसिर २२, २०७७ सोमबार ४:४८,

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ भोली (मंगलबार) सार्वजनिक हुने भएको छ। नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइ सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्न लागेका हुन्।

भूमि व्यवस्था मन्त्रालयका अनुसार मंगलबार नेपाल र चीन दुबै देशले एकै पटक सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्नेछन्। सगरमाथाको उचाइ सार्वजनिक गर्न नेपाल सरकारले चीन सरकारसँग प्रस्ताव गरेको थियो। नेपालको प्रस्तावमा चिनियाँ पक्षले सहमति जनाएको मन्त्रालयले जनाएको छ।

मन्त्रालय स्रोतका अनुसार मंगलबार दुवै देशका परराष्ट्रमन्त्री सम्मिलित संयुक्त भर्चुअल बैठकबाट सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुने छ। केही समयअघि मात्रै नेपाल र चीन दुबै देशले सगरमाथाको उचाइ मापन गरेका थिए।

नेपालले पहिलोपटक आफ्नै स्रोत साधनको प्रयोग गरेर सगरमाथाको मापन गरेको हो। करिब २ वर्षअघि सरकारले सगरमाथाको मापन गर्न सुरु गरेको थियो। यसका लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । सचिवालयले गत असारमै रिपोर्ट तयार गरेर मन्त्रालयमा बुझाएको थियो।

नेपालले पहिलोपटक ग्लोबल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो। यो प्रविधि सबैभन्दा अत्याधुनिक भएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर छ। यही उचाइलाई अन्तर्राष्ट्रिय जगतले पनि मान्यता दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad