हास्य कलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने भएका छन।
एक टेलिभिजन कार्यक्रममार्फत गजुरेलले आफू दोस्रो बिहे गर्न लागेको खुलाएका हुन।
'चाँडै नै सबैको शुभकामना, सल्लाह अनुसार मैले कोही साथी जीवनमा जोड्दैछु। हामी जोडिदै छौं।' गजुरेलले एपीवान टेलिभिजनसँगको कार्यक्रममा भने।
उनले को सँग बिहे गर्न लागेको चाँही खुलाएनन। दुई वर्षअघि उनको पत्नी मिनासँग सम्बन्धविच्छेद भएको थियो।

प्रतिक्रिया