समाज


हट्यो जोरविजोर, शुक्रबारदेखि सबै यातायात चल्न पाउने

हट्यो जोरविजोर, शुक्रबारदेखि सबै यातायात चल्न पाउने

नेपालखबर
पुस २, २०७७ बिहिबार ९:४५,

सरकारले शुक्रबारदेखि सबै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ।

बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको बैठकले जोरविजोर प्रणाली हटाउने निर्णय गरेको काठाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए।

‘शुक्रबारदेखि जोरविजोर प्रणालि रहँदैन, स्वास्थ्य मापदण्ड पालना गरेर सबै यातायात सञ्चालन हुन पाउँछन्’, प्रजिअ पराजुलीले भने। यसअघि जोर दिनमा जोर नम्बरका र विजोर दिनमा विजोर नम्बरका यातायात सञ्चालन हुँदै आएका थिए।

तर, यसले आफूहरुलाई मर्का परेको भन्दै यातायात व्यवसायीले उल्लंघन गर्ने घोषणा गरेपछि भएको छलफलले खुल्ला गर्ने निर्णय गरेको हो।

सुरक्षा समिति र यातायात व्यवसायीका प्रतिनिधिबीच भएको छलफलले यस्तो निर्णय गरेको प्रजिअ पराजुलीले बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोरविजोर प्रणाली लागू हुँदा स्वास्थ्य प्रोटोकल पालना गर्न समस्या पर्दै गएकोमा अब त्यो समस्या नहुने बताए। उनले यातायात मजदुर र यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरे।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरविजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए।

कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ। जोरविजोर प्रणाली हटेपछि सार्वजनिक सवारीमा देखिएको चाप कम हुने विश्वास गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad