नायक नाजिर हुसैन र नायिका लक्ष्मी बर्देवाको अभिनयमा रहेको ‘चाकन चुकुन’ गीतको भिडियो सार्वजनिक भएको छ।
गीतमा गायक बावुल गिरी र गायिका नित्या शिवाको आवाज रहेको छ। प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ।
शंकर अधिकारी घायलको शब्द तथा बावुल गिरीको संगीत तथा एरेन्ज गीतमा छ।
सरोज भुर्जेलको छायाँकन, सिलन लम्सालको सम्पादन तथा सुरेन्द्र मल्लको निर्देशन भिडियोमा रहेको छ।
‘चाकन चुकन’ गीतको भिडियोमा पवन खतिवडा र सुशिल थापाको अभिनय देख्न सकिन्छ।

प्रतिक्रिया