समाज


भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, मृतक संख्या पुग्यो एक लाख ४५ हजार

भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, मृतक संख्या पुग्यो एक लाख ४५ हजार

नेपालखबर
पुस ५, २०७७ आइतबार ६:४४,

विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ६२४ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या १ करोड ३१ लाख पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

सोही अवधिमा भारतमा कोरोना संक्रमणको कारण ३४१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या यहाँ एक लाख ४५ हजार ४७७ जना पुगेको छ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा गएको २४ घण्टामा १ हजार १३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको र ३२ जनाको संक्रमणको कारण मृत्यु भएको छ।

मन्त्रालयको पछिल्लो विवरणमा ९५ लाख ८० हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा तीन लाख ५ हजार ३४४ सक्रिय सङ्क्रमित रहेका छन्।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १६ करोड ११ लाख ९८ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन्। सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad