प्रहरीले विभिन्न कलेजका नाममा नक्कली विद्यार्थी परिचयपत्र बनाउने दुई जनालाई पक्राउ गरेको छ।
बिहीबार प्रहरीले भक्तपुरको गठ्ठाघरका सञ्चालित फ्ल्याक्स प्रिन्ट पसलका सञ्चालक प्रकाश मानन्धर र सोही पसलमा काम गर्ने निश्चल श्रेष्ठलाई पक्राउ गरेको हो।
उक्त पसलबाट नक्कली पचियपत्र बनाइँदै आएको सूचनापछि पुगेको महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरी टोलीले पहरीले उनीहरुलाई पक्राउ गरेको हो।
सो पसलबाट प्रहरीले नक्कली परिचयपत्र ८ थान, जाजरकोट जुनीचाँदे गाउँपालिका वडा नम्बर ३ को नक्कली रबरस्ट्याम्प १ थान, पेनड्राइभ १
थान, प्रिन्टर १ थान र परिचयपत्र काट्ने कटर १ थान बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया