वर्षासँगै आएको पहिरोले गोरखामा बाटो खन्दै गरेको स्काभेटर पुरेको छ।
गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा शुक्रबार बिहान पहिरोले स्काभेटरसहित चालक पुरिएर बेपत्ता छन्।
गुप्चेखोला नजिकै बाटो खन्दै गरेको बेला सिन्धुपाल्चोक जिल्लाको मेलम्ची घर भएका चालक रमेश तामाङसहित स्काभेटरलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेका प्ररीले जनाएको छ।
अहिले घटनास्थलमा पुगेर प्रहरी पुगेको र तामाङको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए। रासस
3
Shares

प्रतिक्रिया