समाज


चीनमा एक व्यक्तिले छुराले हानेर गरे ७ जनाको हत्या, अरू ७ घाइते

चीनमा एक व्यक्तिले छुराले हानेर गरे ७ जनाको हत्या, अरू ७ घाइते

नेपालखबर
पुस १२, २०७७ आइतबार २३:२५,

चीनको उत्तरपूर्वी प्रान्त लिओलिङमा एक व्यक्तिले छुराले अन्धाधुन्ध हान्दा ७ जनाको मृत्यु भएको छ।

मिडिया रिपोर्टअनुसार छुराले लागेर ७ जना घाइते पनि भएका छन्।

चीनको सरकारी न्युज एजेन्सी सिन्हुआको रिपोर्टअनुसार प्रहरीले हत्या आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। तर आक्रमको उद्देश्य अहिलेसम्म स्पष्ट हुन सकेको छैन।

प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिले मानिसलाई जथाभावी छुरा हान्दै हिँडेका थिए। ती व्यक्ति कि मानसिक रोगी कि कसैलाई बदला लिन उनले त्यसो गरेको अनुमान गरिएको छ।

हङकङको साउथ चाइना मर्निङ पोस्टका अनुसार कायायुआनमा भएको चक्कु हमला स्थानीय समअनुसार आइतबार करिब ८ बजेतिर सुरु भएको थियो।

प्रहरीका अनुसार आरोपित व्यक्तिलाई पक्राउ गर्ने क्रममा एक प्रहरीसमेत घाइते भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार यो हमाल स्कुलको बाहिर भएको थियो। जसको सिकार धेरैजसो अधबैंसे र वृद्ध उमेरका महिला भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .