समाज


सरकारले मेडिकल कलेजबाहेक सबै निजी अस्पताललाई ‘कोभिड अस्पताल’को सूचीबाट हटायो

सरकारले मेडिकल कलेजबाहेक सबै निजी अस्पताललाई ‘कोभिड अस्पताल’को सूचीबाट हटायो

नेपालखबर
पुस १२, २०७७ आइतबार २३:५२,

सरकारले मेडिकल कलेजबाहेक सबै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ।

आइतबार कोभिड-१९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको आईसीएस बैठकले ‘कोभिड-१९ महामारीका सन्दर्भममा कोभिड तथा स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६’ को अनुसूची २ अनुसार मेडिकल कलेजबाहेक सबै निजी अस्पताललाई अर्काे व्यवस्था नभएसम्मका लागि ‘कोभिड अस्पताल’ को सूचीबाट हटाइएको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जानकारी दिएका हुन्।

आवश्यकता र औचित्यका आधारमा भोलिका दिनमा पुनः कोभिड अस्पतालमै सूचीकृत गरी सेवा प्रवाह गराउने भएकाले सबै अस्पताललाई तयारी अवस्थामा रहन भने अनुराेध गरिएको डा. अधिकारीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहाेस्, विज्ञप्ति

healthsucha

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .