समाज


नयाँ कोरोनाले चिन्ता बढाइरहेका बेला खुसीको खबर

नयाँ कोरोनाले चिन्ता बढाइरहेका बेला खुसीको खबर

नेपालखबर
पुस १५, २०७७ बुधबार ३:१७,

सबभन्दा पहिले बेलायतमा देखापरेको कोरोना भाइरसको नयाँ प्रजाति पुरानो भन्दा बढी तीव्र गतिमा फैलिरहेका बेला एउटा खुसीको खबर सार्वजनिक भएको छ।

इङ्ग्ल्यान्डका वैज्ञानिकले गरेको अध्ययनबाट कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको तुलनामा धेरै गम्भीर नरहेको पत्ता लागेकाे हाे। 

पब्लिक हेल्थ अफ इङल्यान्डले नयाँ प्रकारको कोरोनाबाट संक्रमित १ हजार ७ सय जनामा अध्ययन गरेको हो। त्यस क्रममा पहिलेको कोरोनाले पार्ने असरभन्दा खासै गम्भीर नदेखिएको वैज्ञानिकको निष्कर्ष छ।

वैज्ञानिका अनुसार कोरोना भाइरसको नयाँ प्रजातिबाट संक्रमित अस्पताल भर्ना हुने दर पुरानो कोरोनाबाट संक्रमितको भन्दा खासै अन्तर छैन। तर नयाँ कोरोनाको फैलिने गति पुरानोको भन्दा तीव्र देखिएको उनीहरूले बताएका छन्।

सुरुमा बेलायतमा देखिएको कोरोनाको नयाँ प्रजाति अहिले युरोपका धेरै देशमा फैलिसकेको छ भने भारतमासमेत यसबाट ६ जना संक्रमित भएको पुष्टि भएको छ। एजेन्सी

याे पनि :  भारतमा भटाभट भेटिन थाले बेलायतकाे नयाँ कोरोनाबाट संक्रमित, आज थपिए १३ जना

              अमेरिकामा पनि देखियो बढी संक्रामक नयाँ कोरोना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad