यसैहप्ताको बुधबार पाकिस्तानमा रहेको मन्दिरमा तोडफोड भएको थियो।
यस घटनालाई लिएर भारतले दिल्लीमा रहेको पाकिस्तानी उच्च आयोगमा सम्पर्क गरेको छ।
भारतीय विदेशमन्त्रालयले पाकिस्तानी आयोगलाई मन्दिरमा भएको आक्रमणको अनुसन्धान साझा गर्न भनेको छ।
भारतले यस घटनामा आवद्ध सबैलाई कडा कारवाही गर्न पाकिस्तानसँग आग्रह गरेको छ।
पाकिस्तानमा पनि मन्दिर तोडफोडको विषयमा विरोध भएको छ।
द हिन्दुका अनुसार पाकिस्तानी उच्च आयोगले जवाफमा भनेको छ,‘पाकिस्तान सरकार यो विश्वास दिलाउन चाहन्छ कि अल्पसंख्यक समुदायको सुरक्षा र उनीहरुको हितमा हामी ध्यान दिन्छौं।’
पाकिस्तानी संचार माध्यमका अनुसार करक जिल्लामा रहेको हिन्दुहरुको मन्दिरमा सन् १९९७ पछि दोस्रोपटक तोडफोड भएको हो।
त्यहाँको प्रान्त सरकारले तत्काल ३० भन्दाबढीलाई यस घटनामा संलग्न भएको आरोपमा गिरफ्तार गर्न आदेश दिइसकेको छ।

प्रतिक्रिया