समाज


चितवनमा बस र ट्रक ठोक्किए, चालकको मृत्यु

चितवनमा बस र ट्रक ठोक्किए, चालकको मृत्यु

नेपालखबर
माघ ६, २०७७ मंगलबार २३:५०,

चितवनमा गएराति बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार दुर्घटनामा बसका चालकको मृत्यु भएको हो भने बसकै सहचालक तथा ट्रकका चालक र सहचालक घाइते भएका हुन्।

डीएसपी थापाका अनुसार काठमाडौंबाट काँकडभित्तातर्फ जाँदै गरेको ना ७ २१११ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४२८१ नम्बरको ट्रक राति ११ बजेतिर चितवनको राप्ती नगरपालिका ५, स्याल्से भन्ने स्थानमा आपसमा ठोक्किएका हुन्। 

दुर्घटनामा बसका चालक खोटाङ घर भएका वर्ष ४५ का चन्द्रबहादुर श्रेष्ठको मृतयु भएको प्रवक्ता थापाले जानकारी दिए। यस्तै बसका सहचालक रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ४ का ४९ वर्षीय विनोद शर्मा संग्रौला, ट्रकका सहचालक बाराको सिमरा १९ का २३ वर्षीय सुमनकुमार साह र चालक सोही ठेगानाका ३८ वर्षीय लालुप्रसाद यादव घाइते भएका हुन्।

‘उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लैजाँदै गर्दा राति ११:५० बजे बाटैमा मृत्यु भएको हो,’ डीएसपी थापाले बुधबार बिहान नेपालखबरसँग भने।

सामान्य घाइते ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ भने अन्य घाइतेकाे उपचार जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad