काठमाडौँको बौद्ध, टुसालस्थित जेभियर इन्टरनेसनल कलेजबाट धारिलो हतियारसहित विद्यार्थी पक्राउ परेका छन्।
सोमबार प्रहरीले हतियारसहित कक्षा कोठामा पसेर झगडा गर्दै गरेको अवस्थामा ५ जनालाई पक्राउ गरेको हो।
बिहानी कक्षा सञ्चालन भइरहेका बेला खुकुरी र फलामको किलासहित कक्षाकोठामा प्रवेश गरी झगडा गरेको आरोपमा प्रहरीले १९ वर्षीय सुजन लिम्बुसहित ५ जनालाई पक्राउ गरेको हो। हतियारसहित कलेज पसेर हो–हल्ला गरिरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरु सोही कलेका विद्यार्थी हुन वा होइनन् भन्नेबारे प्रहरीले केही खुलाएको छैन।
उनीहरुको साथबाट एक थान खुकुरी र फलामको किला बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया