समाज


फिल्मी शैलीमा टेलिकमको टावरमा लुटपाट गर्ने चारजना पक्राउ

फिल्मी शैलीमा टेलिकमको टावरमा लुटपाट गर्ने चारजना पक्राउ

शैलेन्द्र महतो
माघ ११, २०७७ आइतबार १२:४६,

सप्तरीमा फिल्मी शैलीमा लुटपाट गर्ने चारजना लुटेरा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल टेलिकमको बीटीएस साइट (टावर) मा लाखौं रुपैयाँ बराबरको सामान लुटपाट गर्ने गिरोहका चारजनालाई पक्राउ गरी सप्तरी प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा सिरहाको लहान नगरपालिका –१३ सरस्वती टोल बस्ने २२ वर्षका राकेश यादव, सोही नगरपालिकाको वडा न.–३ ढगराहा बस्ने ३५ वर्षका सूर्यनारायण महतो, स्थानीय ३५ वर्षका पवन जैसवाल र गोलबजार नगरपालिका–४ का ४१ वर्षीय दीपक अग्रवाल रहेको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले जानकारी दिए।

प्रहरीका अनुसार गएको पुस २३ गते बिहान राकेश यादवले टेलिकमकै कर्मचारी हुँ भन्दै सप्तरीको सुरुङ्गा नगरपालिका–२ हर्दियामा रहेको नेपाल टेलिकमको जीएसएम टावरमा प्रयोग भएको करिब १० लाख मूल्य पर्ने २४ थान ब्याट्री, ३५ एमएमको २० र अर्थिङ केवल २५ मिटर लुटेर लगेका थिए। उक्त कार्यमा अन्य तीनजनाले सघाएको अनुसन्धानबाट खुलेको हो।

टेलिकमले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको निवेदनको आधारमा अनुसन्धान गर्दा चारैजना त्यस घटनामा संलग्न रहेको खुलेको उपरीक्षक धमलाले बताए। उनीहरुको साथबाट डाँका गर्न प्रयोग गरिएको ना ४ ख ७२४६ नम्वरको मिनी ट्रक र ७ वटा ब्याट्री बरामद गरिएको छ।

प्रहरीका अनुसार उनीहरुले अन्य १७ वटा ब्याट्री भारततर्फ पठाइसकेका छन्। पक्राउ परेकाहरुमाथि डाँका सम्वन्धी मुद्दामा १० दिनको म्याद थप गराई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad